Connect IPS
IME Life

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब रुपैयाँ, यस्तो छ लोकतन्त्र पछिका बजेटको आकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८९ लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । शर्माले गत वर्षको भन्दा एक खर्ब ४६ अर्ब रुपैयाँले बढाएका हुन् ।

गत आर्थिक वर्षमा केपि शर्मा ओली सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यादेश मार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए । तर सरकार परिवर्तन  अर्थमन्त्री जनार्दशन शर्माले बजेटको आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बनाएका थिए ।

Prabhu
Crest

आज अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेट नेपालको ७६ औ बजेट हो । नेपालमा वि.सं. २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको पाइन्छ । तत्कालीन अर्थमन्त्री सुवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला सरकारले ल्याएको थियो ।

हालसम्म आएका बजेट मध्ये २००८, २०१५ ०४८ र ०५१ का बजेटलाई सबैले सम्झिने गरेका छन् । जुन बजेटले अंगालेका नीति, कार्यक्रम, घोषणा र प्रभावका आधारमा प्रभाकारी मानिन्छ । जसको दीर्घकालिन प्रभाव अहिलेसम्म पनि पर्दै आएको छ ।

लोकतन्त्र पछिका सरकारले बजेटको आकार बढाउन थालेको पाइन्छ । माओवादी द्धन्द समाप्त भएर लोकतन्त्र स्थापना पछिको सरकारले एक खर्ब ४३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यस पछि बजेटको आकार बढ्ने क्रम आर्थिक वर्ष २०७६/७७ सम्म निरन्तर रह्यो । खतिवडाले नै आर्थिक वर्ष २०७७/७८ मा आफैले अघिल्लो वर्षमा ल्याएको बजेटको आकार भन्दा घटाए । खतिवडाले आर्थिक वर्ष २०७७/७८ मा १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा उनि पछिका अर्थमन्त्री विष्णु पौडेले ह्वातै बढाएर १६ अर्ब ४७ करोड रुपैयाँको ल्याए । यद्यमी उनले ल्याएको बजेटको आकारमा थोरैले घटाएर अर्थमन्त्री जनार्दन शर्माले कार्यान्वयन गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS