Connect IPS
IME Life

रातो ब्रिफकेस बोकेर मन्त्रालयबाट संसद भवनका लागि निस्किए अर्थमन्त्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट पढ्न अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयबाट निस्किएका छन् । सिंहदरवारभित्रको अर्थमन्त्रालयबाट उनी बानेश्वरस्थित संसद भवन निस्किएका हुन् ।

संवैधानिक ब्यवस्था अनुसार उनले आज बजेट पेश गर्न लागेका हुन् । आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते जारी गर्नु पर्ने संबैधानिक प्रावधान छ । अर्थमन्त्री शर्माले आगामी बजेटमार्फन निजामति कर्मचारीको तलब २ हजार र आय करको सीमा एक लाखले बढाउने तयारी गरेका छन् । बृद्धभत्ताको उमेर पनि घटाइने छ भने केही निर्वाचन प्रभावित पार्ने कार्यक्रमहरु पनि ल्याइँदैछ ।

Prabhu
Crest

आजै बसेको मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरिसकेको छ ।  मन्त्रिपरिषद्‍बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट पारित भएको थियो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषद्‍मा पेस गरिएको थियो ।

योजना आयोगका अध्यक्ष शेरबहादुर देउवा, उपाध्यक्ष विश्वनाथ पौडेल आयोगका सदस्यहरु सहभागी थिए । पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले साँझ ४ बजे बस्ने संसदको दुवै सदनमा पेस गर्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS