काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो।
मन्त्रिपरिषद्बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट पारित भएको थि यो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।
योजना आयोगका अध्यक्ष शेरबहादुर देउवा, उपाध्यक्ष विश्वनाथ पौडेल आयोगका सदस्यहरु सहभागी थिए । पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले साँझ ४ बजे बस्ने संसदको दुवै सदनमा पेस गर्नेछन्।