काठमाडौं । बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुबैले केहि समय अगाडी विद्युत नियमन आयोगबाट अनुमति पाएका थिए । ङादी ग्रुपले चुक्ता पूँजीको १५० प्रतिशत र बरुणले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि निवेदन दिएका थिए ।
ङादीले एक अर्ब ६ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । त्यस्तै बरुणले २६ करोड ७९ लाख रुपैयाँ हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ । दुबैले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए पछि मात्रै हकप्रद शेयर जारी गर्न पाउछन् ।