काठमाडौं । सरकारले साताको दुई दिन विदा दिदै गर्दा पनि कतिपय बीमा कम्पनीहरुले शाखा सञ्चालन गर्न थाले पछि बीमा समितिले पनि नरोक्ने भएको छ । आइतबार पनि शाखा कार्यालय सञ्चालन गर्न चाहने बीमा कम्पनीहरुलाई जानकारी गराउने भनिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
नेपाल सरकारले इन्धनको खपत कम गराउन शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था गरे सँगै समितिले पनि कम्पनीहरुलाई सरकारको निर्णय बमोजिम गर्न निर्देशन दिएको थियो । तर टार्गेट पुर्याउने दाववमा रहेका कतिपय शाखा प्रमुखहरुले भने विदाको दिनमा पनि कार्यालय सञ्चालन गर्दै आएका छन् ।
उपत्यका भित्रका अधिकाम्स शाखा कार्यालयहरु बन्द भए पनि उपत्यका भन्दा बाहिरका शाखाहरु भने सञ्चालन भइरहेका छन् । आइतबारको विदालाई लिएर चौतर्फी विरोध भए पछि बीमा कम्पनीहरुले शाखा कार्यालय खोल्ने आट गरेका हुन् ।