काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत कविन्द्र प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।
यस बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेका छन् ।