काठमाडौं । आज नेप्से १६ दशमलव ३२ अंकले बढेर २,२१७ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको संस्थापक शेयर ४ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । अपर तामाकोशीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
अरुण भ्याली आइड्रोपावर कम्पनीको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४११ रुपैयाँ रहेको छ । त्यस्तै नविल बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।