Connect IPS
IME Life

वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान ६.६४ प्रतिशत पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं : समग्र  वित्तीय प्रणालीमा बीमा  क्षेत्रको  योगदान ६ दशमलव ६४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७७/०७८  मा वित्तीय प्रणालीमा बीमा उद्योगको कूल सम्पत्ति  ५ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

बीमा समितिबाट इजाजतपत्र प्राप्त २ पुन:बीमा, २० निर्जीवन बीमा र १९ जीवन बीमा कम्पनी स‍‌चालनमा रहेका छन् । यी ४१ कम्पनीबाहेक नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले पनि बीमा कम्पनीसरह स्वास्थ्य बीमा सेवा प्रदान गरि रहेको छ ।

Prabhu
Crest

राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीको आकार गत आर्थिक वर्षमा  रु. ८१ खर्ब ७४ अर्ब  ८५ करोड पुगेकाे छ । कूल वित्तीय प्रणालीका विभिन्न संस्थाहरूमध्ये वाणिज्य बैंकको योगदान सबैभन्दा बढी ६६.३१ प्रतिशत रहेको छ । सबै वाणिज्य बैंकहरुको कुल सम्पत्ति गत  अन्त्य सम्म ५४ खर्ब २० अर्ब रुपैयाँ छ। त्यस्तै, समग्र वित्तीय प्रणालीको आकारमा विकास बैंकको योगदान ६.३८ प्रतिशत छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको कुल वित्तीय प्रणालीमा ७९.९९ प्रतिशत योगदान रहेको छ । यसमा लघुवित्त र सहकारी स‌स्था पनि समावेश गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS