Connect IPS
IME Life

किसान लघुवित्तको एजिएम जेठ २८ गते, २०% बोनश शेयर पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा धनगढी, कैलालीमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनश शेयर पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनश शेयर वितरण गर्न लागेको हो । कम्पनीले थप सर्वसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात २०७७ साउन १ गतेदेखि २०७८ असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै २०७८ /७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले मनोनित संचालकको अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सातै, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । संस्थाको केन्द्रीय कार्यालय सागर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS