Connect IPS
IME Life

सिद्धार्थ बैंक वेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१ अवार्डबाट सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड वेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१ अवार्ड बाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य International Finance Corporation (IFC) द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो । क्ष्ँऋ को ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्प्रधात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरुमा ४८ विजेताहरु छनोट गरिएको हो जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो ।

आइएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरुलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो । उक्त अवार्ड शुक्रबार का दिन एक विशेष कार्यक्रममा आइएफसी का तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यान ज्यू द्वारा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृतसुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ उच्चस्तरिय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैंकिङ्ग सेवा र १,५०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS