Connect IPS
IME Life

जीवन बीमा कम्पनीका कर्मचारीको बोनस घट्यो, ९ महिनाको नाफाबाट २५ करोड ६९ लाख छुट्टियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको मुनाफामा भारी गिरावट आउदा कर्मचारीले पाउने बोनस पनि घट्ने भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीले कर्मचारीका लागि जम्मा २५ करोड ६९ लाख रुपैयाँ मात्रै व्यवस्था गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले ३५ करोड ९१ लाख रुपैयाँ छुट्टाएका थिए ।

सर्वाधिक बोनस दिने नेपाल लाइफ यस त्रैमाशिक अवधिमा नोक्सानमा देखियो । अधिकाम्स पुराना बीमा कम्पनीको मुनाफा घटेको छ । यस त्रैमाशमा घट्दो शेयर बजारको प्रभाव बीमा कम्पनीको मुनाफामा देखिएको छ । शेयर बजार धेरै नै घट्दा बीमा कम्पनीले लगानी गरेका कम्पनीको शेयर मूल्य लगातार घट्दा लागत भन्दा पनि तल झर्दा प्रोभिजनिङ गर्नु पर्यो । यदि शेयर बजार सुधार भयो र लागत मूल्य भन्दा बढ्यो भने यस्तो प्रोभिजनिङ स्वत घट्ने र मुनाफा बढ्न सक्नेछ । तर अहिलेलाई बीमा कम्पनीको मुनाफा घट्दा बोनस बापतको रकम पनि घट्न पुगेको हो ।

Prabhu
Crest

यस त्रैमाशिक अवधिको मुनाफाबाट सर्वाधिक धेरै नेशलन लाइफका कर्मचारीले तीन करोड १८ लाख रुपैयाँ बोनस पाउने छन् । त्यस्तै अन्य कम्पनीहरु क्रमश युनियन लाइफ २७ लाख रुपैयाँ, महालक्ष्मी लाइफ ८० लाख ४६ हजार, एलआइसी नेपाल ५८ लाख ८६ हजार, रिलायन्स लाइफ एक करोड ३३ लाख, रिलायबल नेपाल २ करोड १० लाख, मेट लाइफ २ करोड २० लाख, गुराँस लाइफ एक करोड ३१ लाख, सूर्या लाइफ एक करोड ६७ लाख, सानिमा लाइफ एक करोड ४८ लाख, प्रभु लाइफ उक करोड १२ लाख, एशियन लाइफ २ करोड ४ लाख, राष्ट्रिय बीमा संस्थान ३८ लाख १२ हजार, पराइम लाइफ २ करोड १० लाख, आइएमई लाइफ एक करोड १४ लाख, सिटिजन लाइफ एक करोड ६२ लाख र ज्योति लाइफले २ करोड २९ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्टाएका छन् । सन नेपालले वित्तीय विवरणमा मुनाफा देखिए पनि कर्मचारीका लागि बोनस व्यवस्था भने गरेको छैन ।

कम्पनीहरुले त्रैमाशिक अवधिमा सार्वजनिक गर्ने यस्तो वित्तीय विवरण एक्चुरी पछि तयार हुने लेखापरीक्षण प्रतिवेदनमा धेरै नै फरक पर्न जान्छ । एक्चरीले कम्पनीको दीर्घकालिन दायित्वलाई मूल्याङ्कन गरेर मात्रै मुनाफा तय गर्ने भएकाले अहिलेको मुनाफा मिल्दैन । सामान्यतया लेखापरीक्षण प्रतिवेदन पछि मुनाफा बढ्ने भएकाले कर्मचारीहरुले राम्रो बोनस पाउने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS