काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ५१ अंकले घटेर २,२५० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४५ अंकले कमाए हुन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले २ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाब्रिट फण्डका इकाईधनीले २ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।