Connect IPS
IME Life

अप्पर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने म्याद जेठ २० गतेसम्म थप गरेको हो । गत बैशाख २२ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो । आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आइपीओमा छिटोमा जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ ।

आइपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS