IME Life
GBIME

आज अन्तिम दिन रिभर फल्स पावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं ।आज अन्तिम दिन रिभर फल्स पावरको आइपीओमा मागभन्दा ८.३३ गुणा बढीको आवेदन परेको छ । बैशाख २८ गतेदेखि सार्वजनिक निष्काशन गरेको कम्पनीमा आज अन्तिम दिन आइपीओमा १८ लाख ३८ हजार ४३१ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार अन्तिम दिन अर्थात् बुधवार साँझ ५ बजेसम्ममा यी आवेदकहरुबाट २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ताको शेयर खरीद माग भएको हो ।

कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँड गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्काशन गरेको हो ।

Crest

यस आइपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था थियो। आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आवेदकले विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिने व्यवस्था थियो साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था थियो ।

कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS