IME Life
GBIME

८ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोडमाथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार ८ दशमलव ९० अकले बढेर २,२७४ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज १२७ वटा कम्पनकिो शेयर बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ, निर्जीवन बीमा समुह, उत्पादनमुलक, लाइफ र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२७ वटा कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज  सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ३८ लाख रपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, जाल्पा लघुवित्तको ४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सूर्योदय वोमी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीस्कर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS