काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर वैशाख २१ गतेदेखि लिलामीमा ल्याएको हो ।
इच्छुक आवेदकले बुधवार जेठ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य १३० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
शेयर खरीदका लागि आवेदन गर्दा नयूनतम १० हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले सो अवधिमा प्राप्त भएका बोलपत्रहरु जेठ ५ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालय हात्तिसारमार्ग, कमलादीमा खोलिने जनाएको छ ।
विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।