काठमाडौं । चुनाव अघि र पछिको तथ्यांकलाई आधार मान्दा बैंकहरुमा ८ अर्बले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २८ गते र जेठ २ गतेको बीचमा सो निक्षेप वृद्धि भएको हो ।वाणिज्य बैंकहरुमा मात्र सो अवधिमा ५ अर्बले निक्षेप संकलन वृद्धि भएको हो ।
हाल बैंकहरुमा ४९ खर्ब ४५ अर्ब निक्षेप रहेकोमा वाणिज्य बैंकहरुमा मात्र ४३ खर्ब ६७ अर्ब निक्षेप रहेको छ । समिक्षा अवधिमा कर्जा प्रवाह भने घटेको छ । निकै धेरै दिन सार्वजनिक विदा परेको र असार मसान्तसम्म वाणिज्यबैंकहरुलाई ९० प्रतिशत सिडी रेसियो कायम गर्न कारण कर्जा प्रवाहमा कडाईको कारणले गर्दा पनि कर्जा प्रवाहमा वृद्धि नभएको देखिन्छ। कर्जा प्रवाह ५ अर्बले घटेको छ।
निक्षेपमा सुधार र कर्जा प्रवाहमा गिरावटको कारणले गर्दा वाणिज्य बैंकहरुको सिडी रेसियो ९० दशमवल ४४ प्रतिशतमा आएको छ । यस अघि बैशाख २८ गते वाणिज्य बैंकहरुको सिडी रेसियो ९० दशमलव ८० सम्म पुगेको थियो।