काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको उक्त बोनश शेयर बापतको ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।
उक्त सुचिकृत शेयर अब भोलि बुधवारदेखि दो बजारमा कारोबार हुनेछ । साथै, सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा बोनश शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।