काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले १८ लाख २१ हजार ६० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
बैंकले उक्त सुचनामा शेयरको मूल्य खुलाएको छैन । ईच्छुक आवेदकहरूले के कति दरमा शेयर खरीद गर्न चाहेको हो सो समेत खुलाई निवेदन पेश गर्न बैंकले भनेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने बे.कले जनाएको छ ।