काठमाडौं । एनएमबि बैंकले ५२ हजार ७२२ कित्ता संस्थापक शेयर आजदेखि विक्री गर्ने भएको छ । कम्पनीका तीन जना संस्थापक शेयरधनीको शेयर विक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको सचिवको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ । शेयरको मूल्य भने तोकोको छैन् ।
ईच्छुक आवेदकहरूले के कति दरमा खरीद गर्न चाहेको हो सोसमेत खुलाई निवेदन पेश गर्नु पर्नेछ । उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालय बबरमहलमा निवेदन दिन आग्रह गरेको छ ।