काठमाडौं । माछापुच्छे क्यापिटलको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा निरज मान सैंजु नियुक्त भएका छन् । कम्पनीको २०७९ साल बैशाख २५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा सैंजुलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
सैंजुको माछापुच्छे बैंक तथा अन्य बैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।