काठमाडौं । साताको तेश्रो कारोवार दिन मंगलबार देशमा चुनावी माहोलले देश तातेकोमा शेयर बजारले पनि लगानीकर्ताको मुहारमा खुशी बनाएको छ । नेप्से परिसूचक ४४ दशमलव १६ अंकले (१ दशमलव ९५ प्रतिशत ) वृद्धि हुँदा १ अर्ब ३५ करोड बराबरको शेयर कारोवार भएको छ।
आज सबै भन्दा धेरै कारोवार ब्रोकर नम्बर ५८ बाट कारोवार भएको छ भने दोश्रोमा ३४ नम्बर ब्रोकरबाट धेरै कारोवार भएको छ । ब्रोकर नम्बर ५८ बाट ८ करोड १३ लाख बराबरको शेयर खरिद हुँदा ८ करोड ४३ लाख बराबरको शेयर बिक्री भएको छ। ब्रोकर नम्बर ५८ बाट खरिद भन्दा ३० लाख धेरै बिक्री भएको छ।
दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ६ करोड ५८ लाख बराबरको शेयर खरिद हुँदा ७ करोड ८७ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ३४ बाट खरिद भन्दा १ करोड २९ लाख धेरै बिक्री भएको छ।
आज शेयर कारोवार गर्ने शिर्ष ५ ब्रोकर मध्ये ४९ नम्बर ब्रोकरबाट मात्र बिक्रीको तुलनामा खरिद धेरै भएको छ । ब्रोकर नम्बर ४९ बाट आज बिक्री भन्दा १ करोड ९७ लाख धेरै खरिद भएको छ ।