Connect IPS
IME Life

घट्दो ट्रेण्डलाई हाइड्रोपावरले गर्यो ब्रेक, बुलिस ट्रेण्डको सुरुवात

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विद्युत नियमन आयोगले दुई कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि दिएको स्वीकृतिको समाचारले मंगलबार शेयर बजारलाई नै बढाएको छ । दुई कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि अनुमति दिदा अन्य पाइपलाइनमा रहेका कम्पनीहरुको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

हाइड्रोपावरले बढाउदा मद्दत गर्दा समग्र शेयर बजार नै सुधार भएको छ । नेप्से सूचक आइतबार सर्वाधिक तल्लो विन्दुमा झरेर सुधार भएको थियो । तीन दिनमै शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । सूचकमा सुधार सँगै कारोबार रकम पनि केहि बढेको छ ।

Prabhu
Crest

मंगलबार नेप्से सूचक १.९५ प्रतिशतले सुधार हुँदा कारोबार रकम एक अर्ब ३५ करोड नाघेको छ । ४४.१६ अंकले बढेर २३१३ अंक पुगेको छ । बजार अधिकतम तल्लो विन्दुमा झर्ने क्रममा अधिकाम्स कम्पनीको मूल्य दुई वर्ष यताकै कममा झरेको छ ।

हाइड्रोपावरको सूचकमा सुधार हुँदै गर्दा अन्तिमा सबैभन्दा धेरै फाइनान्सको सूचक ३.२७ प्रतिशतले बढेको छ । बाणिज्य बैंकको सूचक पनि १.४६ प्रतिशतले बढेको छ । चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ६ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले सुधार भएको छ । सर्वाधिक धेरै ङादी ग्रुपको कारोबार भएको छ । यसको मात्रै ९ करोड ९८ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

स्थानीय निकायको चुनावले बाणिज्य बैंकहरुमा निक्षेप आउन थालेको छ । चुनाव पछि कालोधन थप बाहिरिने र बैंकिङ तरलता समाधान हुने अनुमान गरिएको छ । यदि बैंकिङ तरलता सहज भयो भने शेयर बजारले पुनः पुरानै लयलाई समात्ने विश्लेषण गरिएको छ । चुनावका साथै सरकारी खर्च पनि बढ्ने हुँदा जेठ असार भित्रमा तरलता समाधान हुने देखिन्छ । अर्को तर्फ सरकारले आयातलाई गरिएको कडाइको नतिजा पनि विस्तारै देखिन थाल्नेछ । जसले विदेशी मुद्राको सञ्चिती र व्यापार घाटालाई पनि कम गर्दै लैजानेछ । अर्को तर्फ सरकारले तेलको खपत कम गर्न आगामी जेठ एक गतेदेखि सातामा दुई दिन सरकारी विदा दिने निर्णय गरिसकेको छ । सरकार र नेपाल राष्ट्र बैंकले चालेका कदमहरुले अर्थतन्त्रलाई सहजिकरण गर्यो भने शेयर बजारले पुनः नयाँ रेकर्ड तोड्न सक्ने विश्लेषकहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS