काठमाडौं । विद्युत नियमन आयोगले ङादी ग्रुप पावर कम्पनीलाई १५० प्रतिशत मात्रै हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निवेदन पेश गरेको थियो ।
सोहि अनुसार कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । आयोगले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिए सँगै बोर्डले आयोगको अनुमतिपत्र पेश गर्न निर्देशन दिएको थियो । सोहि बमोजिम कम्पनीले बोर्डमा उक्त अनुमतिपत्र पेश गरेको छ ।
कम्पनीको हालको चुक्ता पूँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ । यहि पूँजीको १५० प्रतिशत अर्थात एक अर्ब ६ करोड रुपैयाँको हकप्रदका लागि शेयरधनीहरु सँग आह्वान गर्नेछ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ ।