काठमाडौं । गोर्खाज फाइनान्सले जेठ २७ गते २७ औ वार्षिक साधारणसभा डाकेको छ । संस्थाको बैशाख २६ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो ।
साधारणसभा प्रयोजनका लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोजको निर्णय समेत गरेको छ । सभामा नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर केहि पनि प्रस्ताव गरिएको छैन । ,
सभा विहान साढे ११ बजे अनुपम फुडल्याण्ड बानेश्वरमा बस्नेछ । संस्थाले आकर्षक लाभांश दिने तथा पूँजी बढाउने हल्लाले दोस्रो बजारमा मूल्य बढाइएको थियो । तर संस्थाले यस पटक लाभांश दिन सकेन ।