Connect IPS
IME Life

नबिल बैंकद्वारा ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति” सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा योगदान गर्दै आउनु भएका थिए । स्व. पौड्याल कर्मचारीहरुको हित र बिकासका निम्ती लागि पर्दथे ।

यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षाबोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest

पुरस्कारको रकम ५० हजार रुपैयाँ प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने कुरा बैंकबाट प्रेषित वक्तब्यमा लेखिएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि उनिका खनाल (कर्मचारी उदय राज खनालकी छोरी) दिपसन भट्टराई (कर्मचारी सन्देश राज भट्टराईका छोरँ) मुकुल अर्याल (कर्मचारी मुरारी प्रसाद अर्यालका छोरँ) लाई छात्रवृत्ति प्रदान गरेको छ ।

नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले स्व.शम्भु प्रसाद पौड्यालले बैंकलाई प-याएको लामो योगदानको उच्च प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृद्धी र विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS