IME Life
GBIME

दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने समय लम्बिएको छ । बैशाख १३ गतेदेखि निष्काशन तथा विक्री खुला गरेको कम्पनीले आवेदन दिन समय लम्बाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आइपीओ खरीदका लागि आवेदन दिने अवधि थप गरी जेठ ५ गते कायम गरेको हो ।

कम्पनीले यस अघि छिटो अवधि बैशाख २७ गतेसम्मका लागि तोकेको थियो । यस अवधिभित्र माग बमोजिम आवेदन नपर्ने देखिएकाले अवधि थप गरेको कम्पनीले जनाएको छ ।

Crest

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजारको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १० करोड ५४ लाख २६ हजार बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

यस शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

यस आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गर्दैछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS