Connect IPS
IME Life

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख ११ गतेदेखि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि प्रतिशेयर१ सय रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि आवेदन दिदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ ।

यस आइपीओ खरीदका लागि सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS