काठमाडौं । आज ५० वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज १२ दशमलव २७ अंकले बढेको बजारमा ११४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, विकास बैंक, जीवन बीमा उपसूचक र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै जाल्पा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।