काठमाडौं । आज परिसूचक १२ दशमलव २७ अंकले बढेर २,२६८ दशमलव ८४ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३९ करोड ६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ४ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ८६ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।