काठमाडौं । नेपाल सरकारले आगामी जेठ एक गतेदेखि लागु हुने गरी सातामा शनिवार र आइतबार दुई दिन विदा हुने व्यवस्था गरे सँगै नेपाल स्टक एक्सचेन्जले भने आइतबारको सट्टामा शुक्रवार शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपाल स्टक एक्सचेन्जको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले आइतबारदेखि शुक्रवारसम्म शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सातामा पाँचै दिन सञ्चालन गर्न निर्देशन दिएका थिए ।