काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलव ९५ अंकले बढेर २२५६ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज १३६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ र माइक्रोफाइनान्स बाहेक सबै उपसुूचक बढेका छन् ।
आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावरले ८ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन एनर्जीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकासले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रशिततका दरले गुमाएका छन् ।