काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलव ९५ अंकले बढेर २२५६ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज १३६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज १ अर्ब ३२ करोड ६४ लाख रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै नागरिक लगानीकोषको शेयर कारोबार भएको छ । आज कोषको ७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।