IME Life
GBIME

अर्बन फूडले काठमाडौंको ब्लू स्टार कम्प्लेक्समा संचालन गर्यो अर्बन मार्ट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अर्बन मार्टले, मे ६ तारिक दिउँसो १ बजेदेखि भव्य उद्घाटन गर्दै ग्राहकहरुका लागि आफ्नो ढोका खोलेको छ । अर्बन फूड काठमाडौँमा रहेको एक मासु प्रशोधनगर्ने कम्पनीहो र यसले सन् २०१२ देखि आफ्नाग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फुड, कफीबिन्स र अन्य गुणस्तरीय उत्पादनहरु प्रदानगर्दै आएको छ ।

अर्बन फूड प्रोडक्सनमा अत्याधुनिकप्रविधिका साथ नेपालकै टप फूड टेक्नोलोजिस्ट प्रविणमान शाक्य, जर्मनीका मीट विशेषज्ञ र मास्टर बुचर, म्याक्सिमिलियनफब्रिजियो स्टोल र अस्ट्रियाका मास्टर प्रोसेसर एन्टोन लोस्चाट जस्ता खाद्य विशेषज्ञहरु संघ रहेको छ ।

Crest

अर्बन फूडका गुणस्तरीय उत्पादनहरुले एक दशकदेखि ग्राहकहरुको मन जित्दै आएका छन् भने ती भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु जस्ता प्रमुखखुद्राविक्रेतापसलहरुमा सहज रुपमाउपलब्ध छन् ।

अर्बन फूडका प्रमुखकार्यकारी अधिकृत आयुष राजभण्डारी भन्छन्, “हाम्रामूल्यवानग्राहकहरुलाई हाम्रो पहिलो आउटलेट, अर्बन मार्टमा स्वागतगर्न पाउँदाहामी साँच्चै उत्साहित छौँ । खुसी बाँड्नका लागि हामीले सुरुवातको दिन प्रशोधित उत्पादनहरुमा ३० प्रतिशत छुट प्रदान गर्दैछौँ र १३ मे २०२२ सम्म २५% छुट प्रदानगर्नेछौँ ।”

नयाँअर्बन मार्टमापर्याप्तपार्किङ सुविधाभएकाले वाक–इनग्राहकहरुका साथै अनलाइनविक्रेता, होटल र रेष्टुरेन्टहरुलाई पनि सहजहुनेछ । मार्टको ठीक पछाडि अर्बन फूडको २० टन क्षमताको सिटी कोल्ड रुम र त्यहीमाथि अर्बन फूडकै केन्द्रीयकार्यालय रहेको छ । विशेषमूल्यहरु, सदस्यताकार्यक्रमहरु, केन्द्रीय स्थान र पार्किङ सुविधाहरु बाहेक, अर्बन मार्टको अर्को विशेषताभनेको यसमा समय–समयमा सीमित संस्करण विशेष उत्पादनहरु पाइनु हो जुन अर्बन मार्ट मार्फत मात्रलिन सकिन्छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS