काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि बैशाख ११ गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इक्रा नेपाल लिमिटेडले इक्राएनपी–आईआर बीबी माइनस निष्काशनकर्ता रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले उक्त रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र भएको र यो कुनै खास विशेषको राय भने नरहेको जनाएको छ ।