काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बैशाख २२ गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदरमा कुल ५० लाख कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।