काठमाडौं । नेप्सेमा महुली लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ५ लाख ८२ हजार २५४ दशमलव ४० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।