काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ७६ अंकले घटेर २,२७५ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १ अर्ब २६ करोड ९२ लाख १९ हजार रुपौँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नविल बैंकको ३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।