Connect IPS
IME Life

तरलता अभावका बेला कसरी बुद्धिमानी पूर्वक व्यवसाय चलाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  अहिले बजारमा एक खाले मन्दी छाएको छ । बैंक तथा वित्तीय संस्थाले बजारको माग अनुसार कर्जा लगानी बिस्तार गर्न सकेका छैनन् । वैदेशिक मुद्राको संचिति घटेकाले सरकारले थुप्रै वस्तुहरूको आयातमा रोक लगाएको छ । मन्दीका कारण साना व्यवसायीलाइ व्यापार चलाउन सकस परेको छ । पसल, व्यवसायको बहाल, जनशक्तिको तलब भत्ता, बैंकको ब्याज दर, मसलन्द तथा अन्य दैनिक खर्च लगायतको संचालन खर्च धान्न सक्ने क्षमता कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा व्यवसायीले सजगताका साथ कुन कुन पक्षमा ध्यान दिनु जरूरी छरु यसबारे यहाँ चर्चा गरिएको छ ।

प्राथमिक पक्ष
१) सबैखाले खर्चको समीक्षा गर्नुहोस्, साना साना खर्चहरू पनि
सबैखाले खर्चको मिहिन विवरण राख्नुहोस् । व्यवसायको आकारको आधारमा सकेसम्म खर्च विवरण राख्नको लागि सफ्टवेयरको प्रयोग गर्नुहोस् । राम्रो सफ्टवेयरले तपाईंलाई खर्चहरूको वर्गीकरण गर्न र तिनीहरूलाई कम गर्न उपायहरू लिन मद्दत गर्न सक्छ। उदाहरणको लागी कार्यालय वा पसलमा ग्राहक वा पाहुनाको लागी दूध चियाको साटो कालो चियाले स्वागत गर्नुहोस् ।

Prabhu
Crest

२) अनावश्यक खर्चहरूको समीक्षा गर्नुहोस्
आवश्यक नपर्ने खर्चहरू बन्द गर्नुहोस् । जस्तै अचेल सबैखाले समाचारहरू अनलाइनमाध्यममै उपलब्ध हुन्छ, त्यसैले अखबार नै पढ्नुपर्ने बाध्यता छैन । त्यसैले तपाइले अखबारको ग्राहक सदस्यता रद्द गर्न सक्नुहुन्छ ।

३) विज्ञापनको लागी कम खर्चिलो विकल्प खोज्नुहोस्
पत्रपत्रिका वा टेलिभिजनबाट गरिएका विज्ञापनहरू महगो र व्यापकताको दृष्टीकोणले कमजोर प्रमाणित हुँदै गएका छन् । तसर्थ सामाजिक संजाल वा फेसबुक पेजमार्फत् विज्ञापन गर्नुहोस् । आफ्नो व्यवसायको पेज, युट्युब च्यानल बनाएर प्रयोग गर्नुहोस् । तपाइँ एक विशेष शहर, उमेर समूह र जनसांख्यिकीबाट प्रयोगकर्ताहरूलाई लक्षित गर्न सक्नुहुन्छ र तपाइँको मार्केटिङ लगानीमा राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ।

४) साथी खोज्नुहोस्
तपाइको व्यवसायसँग सम्बन्धित वा पुरक व्यवसाय गर्ने अन्य व्यवसायीसँग सहकार्यको संभावना खोज्नुहोस् । जस्तै घरदैलोमै खानेकुरा, कपडा, किताबलगायत सुपुर्दगी गर्ने ढुवानी सेवा प्रदान गर्ने व्यवसायसँग सहकार्य गरेर तपाइले व्यवसायको दायरा बिस्तार गर्न सक्नुहुन्छ ।

५) नगद कारोबारको साटो साटासाटको विकल्प पहिल्याउनुहोस्
तपाइले खरिद गर्ने सामान नगद तिरेर खरिद गर्नुको साटो साटासाट गर्न सकिने विकल्प छ छैन भन्ने बारे पहिले सोचविचार गर्नुहोस् । तपाइको उत्पादन वा सेवा तपाइकै कुनै आपूर्तीकर्ताको लागी उपयोगी हुन सक्छ । यदी उपयोगी छ भने नगदको साटो सेवा वा वस्तु साटासाटबाटै कारोबार गर्नुहोस् ।

६) हरित विकल्प अपनाउनुहोस्
कार्यस्थलमा पुनः प्रयोगमा ल्याउन सकिने सामाग्रीहरूको प्रयोगको लागी सबैखाले विकल्पहरू खुला राख्नुहोस् । चिठ्ठी पत्र सकेसम्म प्रिन्ट नगर्नुहोस् । इमेलमै सुरक्षित राख्नुहोस् । कागजको एकापट्टी मात्र प्रिन्ट नगरी दुबैतर्फ प्रिन्ट गरेर कागजको खर्च मात्र होइन, पर्यावरण संरक्षणमा पनि योगदान पुर्याउनुहोस् ।

७) अभौतिक बैठकहरू गर्नुहोस्
आफ्नो व्यापारिक संजाल वा बजारीकरणमा खटिने जनशक्तिसँग कुनै बैठक गर्नुपरेको अवस्थामा स्काइप, मेसेन्जर वा अन्य विकल्पबाट गर्नुहोस् । फोनमार्फत कुराकानी गर्नुपरेमा इन्टरनेट नेटवर्क उपलब्ध भएसम्मको क्षेत्रका व्यापारी वा आफ्नै जनशक्तिसँग पनि ओटिपि मोबाइल एप्सहरू जस्तै भाइबर, ह्वाट्सएप,मेसेन्जर, बोटिम, स्काइप लगायतको भरपुर प्रयोग गर्नुहोस् ।

८) निःशुल्क उपलब्ध (खुला स्रोत) सफ्टवेयर प्रयोग गर्नुहोस्
खुला स्रोत सफ्टवेयरको प्रयोग गर्नुहोस् । ल्यापट वा कम्प्युटर खरिद गर्दा माइक्रोसफ्टको अपरेटिङ सफ्टवेयरहरूको लागी पैसा तिर्नुको साटो निःशुल्क उपलब्ध सफ्टवेयरको प्रयोग गर्नुहोस् ।

९) प्रयोग गरिएको उपकरण किन्नुहोस्।
तपाइलाइ बिल्कुलै नयाँ विद्युतीय उपकरणको आवश्यक्ता छैन र बढीमा चार पाँच वर्षको लागी मात्र आवश्यक छ भने पुराना र प्रयोगमा आइसकेका खरिद गरेर लागत घटाउन सक्नुहुन्छ । तपाइले कुनै पनि सामान खरिद गर्दा छुट माग्न वा मोलमोलाइ गर्न नछोड्नहोस् ।

१०) उधारो बन्द गर्नुहोस्
कुनै ताकेता बिना नै नियमितरूपमा उधारो चुक्ता गर्ने बाहेक अन्य खाले ग्राहकलाइ उधारो माग्न निरूत्साहित गर्नुहोस् । पुराना उधारोहरू असुलीमा व्यापकता दिनुहोस् । कतिपय अवस्थामा सावाँ रकम समेत असुली नहुने हुनसक्छ,त्यस्तो जोखिमको मूल्यांकन गरेर छुट दिएरै भएपनि उधारो असुली गर्नुहोस् । उधारो असुलीवापत कर्मचारीलाइ अतिरिक्त पारिश्रमिकको सुविधा पनि दिनुहोस् ।

११) बैंक कर्जा
तरलता संकटका कारण बैंकको कर्जा महँगो भएको छ । अनावश्यक र प्रयोग नभएका कर्जा सुविधाहरू व्यवसायको आवश्यक्ता हेरेर बन्द गर्नुहोस् । कर्जाको पूनरसंरचना गर्नुहोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS