Connect IPS
IME Life

दोस्रो बजारमा ५२ अर्ब ४४ करोड रुपैयाँको बोनस शेयर सूचिकृत, कसको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षमा १०९ वटा कम्पनीको ५५ करोड ४४ लाख ८ हजार ५१६ कित्ता बोनस शेयर सूचिकृत भएको छ । दोस्रो बजारमा यस आर्थिक वर्षमा मात्रै ५२ अर्ब ४४ करोड रुपैयाँको बोनस शेयर थपिएको हो ।

दोस्रो बजारबाट ऋणपत्र, म्युचुअल फण्ड र कम्पनी सहित ३३१ वटा कम्पनी सूचिकृत छन् । म्युचुअल र ऋणपत्रको लाभांशमा बोनस शेयर भन्ने हुँदैन । अन्य कम्पनीहरुले भने नगद लाभांश र बोनस शेयर वितरण गर्ने गर्छन् । यस आर्थिक वर्षमा सर्वाधिक धेरै हिमालयन डिष्ट्रिलरीले ७५ प्रतिशत बोनस शेयर दिएको छ । कम्पनीले साधारणसभाबाट पारित गरी ६५ लाख ७ हजार ७६७ कित्ता बोनस शेयर दोस्रो बजारमा सूचिकृत गरिसकेको छ ।

Prabhu
Crest

त्यस्तै दोस्रो धेरै बोनस शेयर दिनेमा जनउत्थान सामुदायित लघुवित्त वित्तीय रहेको रहेको छ । संस्थाले ४९.४० प्रतिशत बोनस शेयर साधारणसभाबाट पारित गरिसकेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार संस्थाले दोस्रो बजारमा तीन लाख ९१ हजार कित्ता बोनस शेयर सूचिकृत गरेको हो ।

तेस्रो धेरै बोनस शेयर वितरण गर्नेमा महिला लघुवित्त वित्तीय संस्था रहेको छ । महिलाले ४७ प्रतिशत बोनस शेयर सूचिकृत गरेको छ । संस्थाले दोस्रो बजारमा ४ लाख ७५ हजार कित्ता बोनस शेयर सूचिकृत गरेको हो ।

चौथो धेरै बोनस शेयर सूचिकृत गर्नेमा मञ्जुश्री फाइनान्स रहेको छ । मञ्जुश्रीको ३८ लाख ६१ हजार कित्ता बोनस शेयर सूचिकृत भएको छ । पाँचौ धेरै बोनस शेयर सूचिकृत गर्नेमा नेशनल माइक्रोफाइनान्सले ४० प्रतिशत बोनस शेयर अर्थात १६ लाख ७६ हजार कित्ता सूचिकृत गरेको छ ।

छैठौ धेरै बोनसश शेयर वितरण गर्नेमा राधी विद्युत कम्पनी रहेको छ । राधिले पनि ३६.५० प्रतिशत अर्थात १६ लाख ७६ हजार कित्ता सूचिकृत गरेको हो । सातौ धेरै बोनस शेयर सूचिकृत गर्नेमा नविल बैंक परेको छ । नविल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चार कोड ६५ लाख १७ हजार ३५६ कित्ता बोनस शेयर सूचिकृत गरेको छ ।

आठौ नम्बरमा सबैको स्वाभिमान लघुवित्तले ३१.०५ प्रतिशत अर्थात २ लाख ९७ हजार कित्ता, नवौ नम्बरमा सबैको लघुवित्तले ३१.०५ प्रतिशत अर्थात ६ लाख ३९ हजार र १० औ नम्बरमा रहेको नेपाल ल्युब आयलले ३० प्रतिशत अर्थात ९० हजार ५३ कित्ता बोनस शेयर सूचिकृत गरेको छ । यस अवधिमा १० भन्दा धेरै बीमा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS