काठमाडौ । नेपाल स्टक एक्सचेन्जले नेपाल फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ७० प्रतिशत हकप्रद शेयरको समायोजनपछि मूल्य ३११ रुपैयाँ १८ पैसा तोकेको छ । सोमवारको अन्तिम शेयरमूल्य प्रतिकित्ता ४५९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा वैशाख १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।