काठमाडौं । आज सातामो दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २,३०७ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनीको ४ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।