काठमाडौं । सनराइज बैंकका संस्थापक शेयरधनी रामकृष्ण मानन्धरले आफ्नो नाममा रहेको ४ लाख ३० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । उनले न्युनतम १४५ रुपैयाँ शेयर बिक्री गर्ने इच्छा व्यक्त गरेको बैंकले जनाएको छ ।
बैंकले पहिलो चरणमा ३५ दिन भित्रमा विद्यमान शेयरधनीहरलाई आवेदन दिन अनुरोध गरेको छ । यदि ३५ दिन भित्रमा आवेदन नपरेमा बैंकले अन्य शेयरधनीहरुका लागि आह्वान गर्नेछ । निर्मल प्रधानले पनि आफ्नो नाममा रहेको एक लाख १० हजार संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएका छन् ।