Connect IPS
IME Life

निर्मल प्रधानले सनराइज बैंकको एक लाख १० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारका ठुला लगानीकर्ता निर्मल प्रधानले आफ्नो नाममा रहेको सन राइज बैंकको संस्थापक शेयर बिक्री गर्ने भएका छन् । उनले आफ्नो नाममा रहेको एक लाख १० हजार २५७ कित्ता शेयर संस्थापक शेयर बिक्री गर्न बैंकमा निवेदन दिएका थिए ।

प्रधानले न्युनतम १६० रुपैयाँले बिक्री गर्ने इच्छा व्यक्त गरेका छन् । बैंकले ३५ दिन भित्र बैंकका विद्यमान शेयरधनीहरुलाई खरिदका लागि आह्वान गरेको छ । यदि ३५ दिन भित्रमा हाल बैंकका विद्यमान शेयरधनीहरुले खरिदका लागि आवेदन दिएमा उनिहरुले नै पाउने छन् । तर विद्यमान शेयरधनीहरुले खरिद गर्न नचाहेका खण्डमा मात्रै बाहिरबाट अन्य व्यक्तिहरुले खरिद गर्न सक्ने बैंकले जनाएको छ । लगानीकर्ताले बैंकको केन्द्रिय कार्यालयमा खरिद गर्न चाहेको कित्ता र रकम सहित आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

निर्मल प्रधानले पछिल्लो समय बैंकको शेयर बिक्री गरिरहेका छन् । उनले शेयरधितोकर्जा घटाउनका लागि पनि बैंकहरुको संस्थापक शेयर बिक्री गरिरहेको चर्चा सुन्न पाइन्छ । प्रधानले इच्छा गरेको मूल्यका आधारमा पनि उनले एक करोड ७६ लाख ४१ हजार रुपैयाँ पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS