Connect IPS
IME Life

मातातीर्थ औंसीमा ग्यापुले ल्यायो आकर्षक अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले विभिन्न अफरहरू ल्याएको छ । आमाको मुख हेर्ने दिनमा आफ्नो ममतामयि आमालाई ग्यापुबाट विभिन्न आकर्षक उपहारहरु खरिद गरि उपहार स्वरुप दिन सकिनेछ ।

यस अफर अन्तर्गत जहाँ भएपनि आफ्नो आमालाई बुधबार देखि शुक्रबार सम्म छुट सहित उपहारहरू पठाउन सकिनेछ । यस अफरमा ग्राहकले ७० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै दुर्य हजार रुपैयाँको सामाग्री खरिद गर्दा १०० रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ ।

Prabhu
Crest

साथै, आमाको मुख हेर्ने दिन विशेष स्वरुप ग्यापुको फोटो कन्टेस्टमा पनि सहभागी हुन सकिनेछ । यसको लागि आफ्नो आमासँग सेल्फि खिचेर आफ्नो म्यासेज लेखेर ग्यापुलाई ट्याग गरि आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने हुन्छ ।

यस कन्टेस्टमा जित्ने ग्राहकहरूले ५०० रुपैयाँको ग्यापुको गिफ्ट भौचर, ५०० रुपैयाँको एक्सेलट्रिपको गिफ्ट भौचर, पोखराको कल्चर रिसोर्टमा एक रात बसाई, डिजि मेडिकलको तर्फबाट निशुल्क स्वास्थ्य परिक्षण तथा युनिक्याम्पसको तर्फबाट निशुल्क आईईएलटीएसको कक्षा लिने मौका पाउन सक्नेछन् ।

त्यस्तै गरी आफ्नो आमासँग टिकटक भिडिओ बनाएर टिकटक कन्टेस्टमा पनि भाग लिन सकिनेछन । यो कन्टेस्टमा जित्ने सहभागीहरूले युनिक्याम्पसको तर्फबाट निशुल्क आईईएलटीएसको कक्षा, पोखराको कल्चर रिसोर्टमा दुई रात बसाई, ग्यापुको तर्फबाट २५०० रुपैयाँ बराबरको सपिङ भौचर, डिजि मेडिकलको तर्फबाट निशुल्क स्वास्थ्य जाँच र एक्सेल ट्रिपको तर्फबाट ५०० रुपैयाँको भौचर प्राप्त गर्न सकिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS