IME Life
GBIME

नबिल बैंकको एकै साथ १४ नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नबिल बैंकले एकै साथ १४ नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले धुम्बाराही मालीगाउँ काठमाडाँै, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्बाराही मालीगाउँ शाखा, बैंक संचालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोज राज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा, बैंक संचालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा, तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद चापागार्इँले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गरे ।

Crest

यसैगरी नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्त रुपमा दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक रंजना पौडेल पण्डीतले संयुक्त रुपमा मुर्गिया र खैरेनी शाखा, नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज कुमार ज्ञवाली र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीले संयुक्त रुपमा चिसापानी शाखा, नबिल बैंकका प्रादेशिक प्रमुख – प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेले संयुक्त रुपमा पुष्पलाल चोक शाखा, नबिल बैंकका प्रमुख संचालन अधिकृत गणेश प्रशाद अवस्थी र नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले संयुक्त रुपमा जीतपुर शाखा, नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्त रुपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा नबिल बैंकका अन्तराष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगाँई र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापाले संयुक्त रुपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरे ।

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो । उद्घाटन गरिएका शाखा कार्यालयहरु देहाय बमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैंकिङ्ग सुविधा लिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS