Connect IPS
IME Life

चन्द्रगिरी हिल्स २ करोड ९४ लाखले नोक्सानमा, आम्दानीले ह्रास कट्टीलाई पनि धान्न सकेन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चन्द्रागरी हिल्स चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा २ करोड ९४ लाख रुपैयाँले नोक्सानमा देखिएको छ । सञ्चालन आम्दानी १४१ प्रतिशतले बृद्धि भए पनि ह्रास कट्टी लगायतको प्रोभिजनिङले गर्दा नोक्सानमा देखिएको हो । यस्तो रकम १० करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीको सम्पत्ती तिन अर्ब भन्दा माथि भएकाले ह्रास कट्टी धेरै देखिएको हो । कम्पनीको गत वर्षको यहि अवधिमा मुनाफा १८ करोड ११ लाख रुपैयाँ ऋणात्मक थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा आम्दानी ४२ करोड तीन लाख रुपैयाँ रहेको छ । सेल्स खर्च ७ करोड ४२ लाख कटाएर खुद आम्दानी भने ३४ करोड ६० लाख रुपैयाँ छ । यस बाहेकको प्रत्यक्ष खर्च १२ करोड ९ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

यस अवधिमा दिर्घकालिन तथा अल्पकालिन कर्जाको व्याज मात्रै १५ करोड १० लाख रुपैयाँ तिर्नु परेको छ । यस अवधिमा कम्पनीको दिर्घकालिन कर्जा मात्रै २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ४४ करोड रुपैयाँ थियो ।

व्याज खर्च लगातका कारणले नोक्सानमा देखिएको चन्द्रागिरी हिल्सको जगेडा कोष हालसम्म ४४ करोड ९४ लाखले ऋणात्मक छ । चुक्ता पूँजी भने एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS