काठमाडौं । आज परिसूचक नेप्से १९ दशमलव ९७ अंकले घटेर २,३५६ दशमलव २० को विन्दुमा कायम भएको छ । आज २५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १६३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।