Connect IPS
IME Life

राष्ट्र बैंकले केही गरेन् भन्नु गलत हो : पुर्व गभर्नर डा.रावल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय राष्ट्र बैंकले केही गरेन् भन्नु गलत रहेको पुर्व गभर्नर डा. तिलक बहादुर रावलले बताएका छन् । उनले राष्ट्र बैंकको ६७औं बार्षिक समारोहमा बोल्दै बजेटले केही गर्न नसकेको अवस्थामा मौद्रिक नितीले गरेको दाबी गरेका हुन् । मौद्रिक नितीलाई लचकता बनाउन मुद्र स्फितिले सहयोग गरेको उनले बताएका छन् ।

साथै २० वर्षमा राष्ट्र बैंकले गरेको प्रगतीको श्रेयलाई कुनै दल, सरकारलाई दिन नमिल्ने समेत उनले बताए । देशले अझै आर्थिक घाटा व्यहोरिरहेको अवस्था छ । देशको अर्थतन्त्रमा दुर्घटना हुन लागेको कुरा सरकारले मनन गर्न जरुरी रहेको उनको भनाई छ ।

Prabhu
Crest

यतिवेला विश्व अर्थतन्त्र ठुलो मारमा परेको छ । उनले भने विश्व अर्थतन्त्रलाई कोरोनाले पनि ठुलो प्रभाव पार्यो । कोरोना आउनभन्दा अगाडी पनि देशको अर्थतन्त्र राम्रो थिएन । सरकारले गर्नुपर्ने धेरै कामहरु गर्न सकिरहेको अवस्था छैन् । सरकारले बजेट मार्फत केही सम्बोधन गर्न सकेन । तर, सरकारले सम्बोधन गर्न गर्न नसकेको कुरालाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोधन गरी विभन्न क्षेत्र समेटिएको उनले बताएका छन् ।

देशको आर्थिक स्थिती खस्कदो अवस्थामा गुज्रिएको छ । देशले सधै व्यापार घाटा व्होर्नु परिरहेको अवस्था छ । देशको भुक्तानी सन्तुलन खस्कदो अवस्थामा रहेको छ । देशको यो अवस्थालाई सरकारले पनि मध्यनजर गर्दै सबै क्षेत्र तथा सबै तह र तप्कालाई समेटियो भने केही मात्रमा देशको अर्थतन्त्रले आफ्नो गति लिने थियो उनले भने ।

रावलले भने हाम्रो देश नेपाल कृषि प्रधान देश हो । यहाँका ६५ प्रतिशत मानिस अझै पनि कृषि पेशामा नै आधारित रहेका छन् । त्यसकारण हामीले कृषिलाई राम्रो पेशा बनाएर काम गर्यौ भने खाली जग्गामा साग, सब्जी, फलफुल , तरकारी लगाएर उत्पादन बढाउन सक्यौं भने अर्थतन्त्रमा ठुलो राहत पुग्ने कुरा उनले बताए । साथै, साली भएको ठाउँमा खानीहरु संचालन गरेर भए पनि आफ्नै देशमा केही काम गर्यो भने विदेशी आयातमा निर्भर रहनुनपर्ने उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS