Connect IPS
IME Life

सिवाईसी नेपाल लघुवित्तको आइपीओ नतिजा चार साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ नतिजा भने केही समयपछि मात्र हेर्न मिल्नेछ ।

आइपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ । जसअनुसार ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयरको वेबसाइट, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइटबाट र सिवाईसी नेपाल लघुवित्तको वेबसाइटबाट हेर्न सकिने छ ।

Prabhu
Crest

नतिजा ग्लोबल आइएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट र सिवाईसी नेपाल लघुवित्तको वेबसाइट https://cycnlbsl.org.np/ बाट हेर्न सकिने छ ।

क्यापिटलका अनुसार आइपीओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जसमध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरिएको छ ।

जसअनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । जसमध्ये ८ जनाले थप १ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदकको हात खाली भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS